सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट अबैध माछा बरामद

२०८० माघ २९, १०:०४ खबर संवाददाता

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–६ सुकासालबाट अन्दाजी ८ हजारको माछा बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

यस्तै शुक्लाफाँटा नगरपालिका-१२ कलुवापुर बेलौरी सडक खण्ड स्थित कालागौडीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ७९ हजार ४ सय ४८ मूल्यको चिनी, जिरा, हरियो मटर, मिठाई, चक्लेट, सुर्ती लगायतका सामान बरामद गरिएको छ।

यता कैलालीको धनगढी उपमहानगरपालिका २ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १६ हजार ९ सय मूल्यको चिनी, जिरा, कलरपाउडर लगायतका सामान र धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहाबाट अन्दाजी १५ हजार ६ सय ५० मूल्य बराबरको चिनी, प्याज, जिरा, नमकिन लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस