सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानको निर्वाचनमा इमरानको दल पीटीआईको अग्रता

२०८० माघ २६, ०६:०५ खबर संवाददाता

एजेन्सीः पाकिस्तानमा भएको निर्वाचनमा इमरानको दल पीटीआईले अग्रता लिएको छ।

यद्यपी पाकिस्तानको संसद र प्रान्तीय निर्वाचनको मतपरिणाम आउनेक्रम भने जारीनै छ। निर्वाचन आयोगले सार्वजनिक गरेको १४६ सिटको नतिजाअनुसार इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)को सर्मथन रहेका स्वतन्त्र उम्मेदवार ६० सिट जित्दै अग्रस्थानमा रहेका छन्।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले ४३ सिटसहित दोस्रो स्थानमा रहेको छ। प्रारम्भिक रुझानमा पीटीआई समर्थकलाई कडा टक्कर दिएको पाकिस्तान पिपुल्स पार्टी(पीपीपी)ले भने ३७ सिटमा जित निकालेको छ। अन्यले ६ सिट जितेका छन्।
 

कमेन्ट लोड गर्नुस