सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीको सामान जफत

२०८० माघ १८, ०४:२८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको सामान प्रहरीले जफत गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय नजिकबाट अन्दाजी १ लाख ९ हजार १ सय ४० रुपैँया बराबरका हार्डवयरका सामान, नल्का, जुत्ता, चप्पल, पोल्थिन, चिनी, दाल लगाएतका सामान प्रहरीले बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली वेबारिसे अवस्थामा सामान फेला पारी जफत गरेको हो। जफत गरेको सामान कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस