सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी लडाकु जहाज दक्षिण कोरिया नजिकै दुर्घटना

२०८० माघ १७, ०४:४१ खबर संवाददाता

एजेन्सीः अमेरिकाको लडाकु जहाज दुर्घटना भएको छ।

रुसी विश्व च्यालन आरटीका अनुसार जहाज दक्षिण कोरिया नजिकै अमेरिकी सैन्य आधार शिवि नजिकै दुर्घटना भएको हो। बुधवार बिहान अमेरिकाको नामी एफ–१६ जहाज दुर्घटनामा परेको हो।

दुर्घटनामा परेपनि पाइलट भने सकुसल इजेक्ट हुन सफल भएका थिए। अमेरिकाको दुर्घटना भएको लडाकु जहाजको घटना पछिल्लो एक वर्षमा यो तेस्रोपटक हो। पछिल्लो दुर्घटना गत मे महिनामा भएको थियो। जहाज दुर्घटना भएको बारेमा अमेरिकी अधिकारीहरुले समेत पुष्टि गरेका छन्।
 

कमेन्ट लोड गर्नुस