सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुवाण्डामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

२०८० माघ १३, ०९:१९ खबर संवाददाता

एजेन्सीः पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्।

रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रवार साँझ डुङ्गा दुर्घटना भएको हो। किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली काटेर रवामागाना जिल्ला जाँदै गर्दा डुङ्गा पल्टिएको बताइएको छ। डुङ्गामा ४६ जना यात्रु रहेको बुझिएको छ।

शनिवार बिहानसम्म ११ जनाको शव निकालिएको छ भने ३१ जनाको उद्धार गरिएको जिल्लाका मेयर रदजब म्बोन्युमुवुनीले जनाकारी दिएका छन्। अझै चार जनाको खोजी जारी छ। एमबोन्युमुवुनीले दुर्घटनाको कारण ओभरलोड भएको बुझिएको छ।
 

कमेन्ट लोड गर्नुस