सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चार वर्षमा ३३० महिला करणीको सिकार, ६ महिलालाई अपहरण

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर
२०८० माघ ३, १२:२९ कमल सावद

धनगढीः कैलालीमा चार वर्षमा तीन सय ३० महिला करणीको सिकार भएका छन्।

आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षको हालसम्म तीन सय ३० महिलामाथि जवरजस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरिएको छ। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा जवरजस्ती करणीका ९९ उजुरी दर्ता भएका थिए। ९९ उजुरी माथिको कारबाही पूरा भएको छ। आर्थिक वर्ष २०७८/७९ मा ११५ महिलामाथि करणी भएको छ।

२०७९/८० मा ९० जवरजस्तीका उजुरी प्रहरीमा दर्ता भएका छन्। प्रहरीमा गत आर्थिक वर्ष दर्ता भएका उजुरीमा ८८ फर्छाेट गरिएको छ। चालु आर्थिक वर्षमा थप २६ जवरजस्ती करणीका उजुरी प्रहरीमा दर्ता भएका छन्। जिल्लामा करणीका उजुरी दर्ता हुने क्रम बढ्दै गएको छ।
जवरजस्ती करणी उद्योगका ११५ उजुरी
कैलाली प्रहरीका अनुसार जिल्लामा चार वर्षमा ११५ उजुरी जवरजस्ती करणी उद्योगमा दर्ता भएका छन्। ११५ महिलाले जवरजस्ती गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २०७७/७८ मा ४१ महिलाले जवरजस्ती करणी उद्योगमा उजुरी दिएका छन्। उनीहरु सबैको उजुरी फर्छाैट भइसकेको छ। २०७८/७९ मा ४२ उजुरी कैलाली प्रहरीमा दर्ता भएका छन्।

उनीहरुको उजुरीसमेत फर्छौट भएका छन्। गत आर्थिक वर्ष २०७९/८० मा २३ उजुरी प्रहरीमा दर्ता भएका थिए। ती सबै उजुरी फर्छाैट भइसकेको प्रहरीको अभिलेख छ। चालु आर्थिक वर्षको हालसम्म मात्र जवरजस्ती करणी उद्योगमा ९ उजुरी दर्ता भएका छन्। चालु आर्थिक वर्षको ६ महिनामा कैलाली प्रहरीमा ९ महिलाले करणीको प्रयास भएको भन्दै उजुरी दर्ता गरेका हुन्।
बाल यौन दुरुपयोगका २९ उजुरी
कैलाली प्रहरीमा चार वर्षमा बाल यौन दुरुपयोगका २९ उजुरी दर्ता भएका छन्। प्रहरीको तथ्याङ्क अनुसार २०७७÷७८ देखि चालु आर्थिक वर्षको हालसम्म २९ उजुरी बाल यौन दुरुपयोगका दर्ता भएका हुन्। त्यस्तै २०७७/७८ मा ९ जनाले बालयौन दुरुपयोग भएको भन्दै उजुरी दर्ता गरेका थिए। २०७८/७९ र गत आर्थिक वर्षमा ८/८ उजुरी बालयौन दुरुपयोगका दर्ता भएका छन्।

चालु आर्थिक वर्षको हालसम्म मात्र चार उजुरी बालयौन दुरुपयोगका दर्ता भएका छन्। कैलाली प्रहरीमा थप चार उजुरी मानव बेचबिखत तथा जवरजस्ती करणीका दर्ता भएका छन्। गत आर्थिक वर्षमा तीन उजुरी प्रहरीमा दर्ता भएकोमा चालु आर्थिक वर्षमा एक उजुरी मानव बेचबिखन तथा जवरजस्ती करणीका दर्ता भएका छन्। 
६ महिलालाई अपहरणपछि करणी
कैलालीमा चार वर्षमा ६ महिला अपहरणपछि करणीमा परेको भन्दै प्रहरीमा पुगेका छन्। आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षका हालसम्म ६ वटा उजुरी अवहरण तथा जवरजस्ती करणीका दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा चार, २०७९/८० मा एक र चालु आर्थिक वर्ष २०८०/८१ मा एक उजुरी अपहरणपछि करणी गरिएको भन्दै दर्ता छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस