सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयरल्याण्डका सभाध्यक्ष र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

२०८० पुष २६, ०४:४५ खबर संवाददाता

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेल र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरबिच शिष्टाचार भेटवार्त भएको छ।

राष्ट्रपति भवनमा आज (बिहीवार) भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवम् सङ्घीयतालाई संस्थागत गर्न योगदान पु¥याउनेमा नेपाली जनता विश्वस्त रहेका बताए।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपाल र आयरल्याण्डबीचको सौर्हादपूर्ण सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रमा आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्ने छलफल भएको छ।
 

कमेन्ट लोड गर्नुस