सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सामुदायिक विद्यालय नमुना बनाउन काठमाडौँ विश्वविद्यालयसँग सम्झौता

२०८० पुष २४, ०८:०९

धनगढीः धनगढीका सामुदायिक विद्यालय नमुना बनाउन काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरिएको छ। यो वर्ष घोषणा गरिएका पाँच र आगामी वर्षबाट नमुना बनाउने पाँच विद्यालयको गुणस्तरीय तथा प्राविधिक शिक्षालाई प्रभावकारी कार्यान्वयन गर्न सम्झौता गरिएको हो।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र काठमाडौँ विश्व विद्यालयका उप–कुलपति प्रा. डा. भोला थापाले पाँच वर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। गुणस्तरीय तथा समावेशी शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र धनगढी उप–महानगरपालिकाबिच सहमति भएको हो। पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आज दुई संस्थाबिच सहमति भएको छ।

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपिइसि युनिट मार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ। कार्यक्रमको सुरुवातमा सिपिइसि युनिटले धनगढी उप–महानगरपालिका अन्तर्गतका विद्यालयहरूमा अध्ययन गरि आवश्यकता पहिचान गर्ने छ। उक्त आवश्यकता पहिचानको आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरि लागु गरिने छ। कार्यक्रमलाई पहिलो वर्षमा पाँच वटा विद्यालयहरू छनौट गरि कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उपमहानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सहमतिमा उल्लेख छ।

सम्झौताको क्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, स्कुल अफ आर्टस्का डीन इकुमाया पुन लगायत स्कुल अफ एजुकेशनका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।

धनगढी उपमहानगरपालिकाले यो वर्ष वडा नम्बर ११ को ठेकराज माध्यामिक विद्यालय, वडा नम्बर १२ को सिद्धनाथ, वडा नम्बर १६ को बेहडाबाबा, वडा नम्बर १८ को चन्द्रोदय र वडा नम्बर ९ को भवानीलाई नमुता विद्यालय बनाउने कार्यक्रम रहेको छ। 

कमेन्ट लोड गर्नुस