राष्ट्रिय सभाको सिट बाँडफाँटमा भागबन्डा नमिलेपछि बैठक निष्कर्षविहीन
काठमाडौँः राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटका गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे सहमति जुट्न नसकेको हो। छलफलमा ठोस सहमति जुट्न नसकेको जनमोर्चाकी नेत्री दुर्गा पौडेलले बताइन्। गठबन्धनमा कांग्रेसले ११ सिटमा दाबी गरेको छ भने माओवादीले सात सिटमा दाबी गरेको छ।
यस्तै, नेकपा एसले अध्ययक्षसहित पाँच सिटमा दाबी गरेको छ। साना दलले पनि सोहीअनुसार माग गरिरहेका छन्। यसअघि नेकपा एमालेले पनि सुरुमा सत्ता गठबन्धनसँग पाँच सिट माग गरेको थियो। गठबन्धनका नेताहरु आइतवार पनि छलफलमा बस्ने भएका छन्।