सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट

२०८० पुष २१, ०५:३९ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय सभामा एमालेसँग सहकार्य नगर्ने अडान लिएको नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षसहित पाँच सिट मागेको छ। गठबन्धनको शनिवारको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित पाँच सिट माग गरेको हो।

यस विषयमा नेकपा एसको सचिवालय बैठकमा समेत छलफल भएको छ। राष्ट्रिय सभाका २० सिटमध्ये गठबन्धनभित्र नेपाली कांग्रेसले १३ र माओवादी केन्द्रले सात सिटमा दाबी गरेका छन्। नेकपा एसले पाँच सिटमा दाबी गरे पनि तीन सिटमा सम्झौता गर्ने बुझिएको छ। अध्यक्षमा भने अडान नछाड्ने तयारी एसको छ।
 

कमेन्ट लोड गर्नुस