हरिना हत्या प्रकरणः तेजबहादुर पुर्पक्षका लागि कारागार चलान
बैतडीः बैतडीको सुर्नया गाउँपालिका –३ बिजुलकी ५६ वर्षीया हरिना बिष्टको हत्या आरोपमा पक्राउ परेका तेजबहादुर चन्दलाई कारगार चलान गरिएको छ।
गत मंसिर २६ गते सुर्नया गाउँपालिका –३ कै चन्दले घरमा पसेर हसिया लगायतका धारिलो हतियारको प्रयोग गरेर विष्टको हत्या गरेका थिए। चन्दलाई सोहि दिन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार कर्तव्य ज्यान मुद्दामा चन्दमाथि अनुसन्धान गरेर उनलाई अदालत पेश गरिएको र अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। पौष दोश्रो साता उनलाई अदालतले पुर्पक्षका लागि कारगार चलान गरेको प्रहरी निरीक्षक केसीले बताए।