धनगढीमा रहेको कपडा बैँङ्कलाई सहयोग
२०८० पुष २०, ०४:१०
धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई बिहीवार कपडा सहयोग गरिएको छ।
धनगढी–४ बसपार्कमा रहेको मिश्र जनरल स्टोरका सञ्चालक खेमराज मिश्र र कुर्मा मिश्र दाहालले बैँङ्कलाई ४०७ थान कपडा सहयोग गरेका छन्।
त्यस्तै बिहीवारनै ए.बि आर इन्टरप्राजेजका सञ्चालकले पनि २०७ थान कपडा सहयोग गरेका छन्।
कमेन्ट लोड गर्नुस