सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा टोपी दिवस मनाइयो

२०८० पुष १६, ०७:३३ खबर संवाददाता

धनगढीः  धनगढीमा टोपी दिवस मनाइएको छ। सुदूर नेपाल संस्कृति सेवा समाजले टोपी दिवस मनाएको हो। सोमवार टोपी दिवसको अवसरमा धनगढी ट्राफिक चौराहाबाट प्रभातफेरी निकालिएको थियो।

सुदूर नेपाल संस्कृति सेवा समाजले हरेक वर्ष जनवरी १ तारेखका दिन टोपी दिवस मनाउने गरेको छ। दिवसको अवसरमा मुख्यमन्त्री कमलबहादुर शाह, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार झा, धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख कन्दकलाकुमारी राना र धनगढीका वडा अध्यक्षहरूलाई टोपी उपहार दिइएको छ।

ट्राफिक चौराहबाट सुरू भएको प्रभातफेरी जिल्ला प्रशान कार्यालय हुँदै लक्ष्मीनारायण मन्दिरमा आएर समापन भएको सुदूर नेपाल संस्कृति सेवा समाजका यमनाथ सिग्देलले बताए।
 

कमेन्ट लोड गर्नुस