सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोस्रो युद्ध विराममा विपिनको रिहाइ हुन्छः परराष्ट्रमन्त्री साउद

२०८० पुष १५, ०५:१० खबर संवाददाता

कञ्चनपुरः  इजरायल लगायत शाक्ति राष्ट्रसँग विपिन जोशीको रिहाइका लागि प्रयास भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्।

मन्त्री साउदले भने, ’प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैं गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु।’ उनले दोस्रो युद्ध विरामा विपिनको रिहाइ हुनेमा आफू विश्वस्त रहेको बताए। विपिनका आमाबुबाले समेत मन्त्री साउदसँग भेट गरेर विपिनको जीवन रक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए।

’कतारले दोस्रो युद्ध विरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किनेछन्,’ उनले भने, ’पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परे। अब विपिनको रिहाइ हुनेमा आशावादी छौं। आइतवार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ वार्षिकोत्सव समारोहमा बोल्दै उनले उक्त आश्वासन दिएका हुन्।
 

कमेन्ट लोड गर्नुस