सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिशुको ३६ घण्टापछि सकुशल उद्धार

२०८० पुष १३, ०५:४६ खबर संवाददाता

काठमाडौंः दुई वर्ष पाँच महिनाकी शिशु अपहरणमा परेको ३६ घण्टापछि सकुशल अपहरणमुक्त भएकी छन्।

नेपाल प्रहरीको एक टोलीले बिहीवार भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ। काठमाडौँ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका शिशुका अभिभावकसँगै रहेकी उनलाई गत मङ्गलवार चिया खान आएका व्यक्तिले लगेको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजी सुरु भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको संयुक्त टोलीले बिहीवार भक्तपुरबाट बालिकाको उद्धार गरेर अभिभावकलाई बुझाएको हो। बालिका अपहरणको आरोपमा एकजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ।

कमेन्ट लोड गर्नुस