सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बँदेलको आक्रमणबाट एकजना घाइते 

२०८० पुष १२, ०८:४६ खबर संवाददाता

बैतडीः बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन्। मेलौली नगरपालिका–२ का अन्दाजी ३५ वर्षीय रामबहादुर चन्दलाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको हो। चन्दलाई बुधवार साँझको समयमा गाउँमै पसेको बँदेलको बथानले आक्रमण गरेको बताइएको छ।

स्यालढुंगा भन्ने गाउँमा जंगली बँदेलको बथान आएको र चन्द बँदेलको आक्रमणबाट घाइते भएका स्थानीयहरुले बताएका छन्। बँदेलको आक्रमणबाट घाइते भएका चन्दको खुट्टामा गहिरो घाउ छ भने शरीरका अन्य भागमा समेत चोट रहेको छ। घाइते चन्दको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल पठाइएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए।

कमेन्ट लोड गर्नुस