सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली नागरिकलाई अपहरण गर्ने ६ जना भारतीय पक्राउ

२०८० पुष ११, ०५:४६ खबर संवाददाता

काठमाडौँः  नेपाली नागरिकलाई अपहरण गर्ने ६ जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला थाना डुम्रा मेहसोल–२७ का मोहम्मद अकबर, सोही स्थानका माहम्मद नइम, कौसर अली, मोहम्मद सदाब, मोहम्मद इरसाद र सीतामढी बथनाहा थाना टम्डसपुर–३ का रामनरेश कुमार छन्।

पुस ५ गते अपहरणमा परेका चितवन भरतपुर महानगरपालिका–१९ हुलाक चोकका ४० वर्षीय कृष्ण थापा र रत्ननगर नगरपालिका–१२ जिरौनाका ३५ वर्षीय दीपेन्द्र महतलाई प्रहरीले अपहरणमुक्त गराएको हो। दुवै जना मोटरसाइकलमा सवार भई चन्द्रपुर जान हिँडेकामा उनीहरूको भारतीय अपहरणकारी समूहले अपहरण गरी भारतको सीतामढी लगेका थिए।

रौतहट प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरी सीतामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीद्वारा अपहरणमा परेका थापा र महतलाई भारतको सीतामढीबाट स–कुशल उद्धार गरेको रौतहटकी प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन्। अपहरणमुक्त गरिएका दुवै जनालाई आफन्तको जिम्मा लगाइएको छ। 
 

कमेन्ट लोड गर्नुस