सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ

२०८० पुष १०, ०५:०४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट पाँच सय २० मिलिग्राम लागुऔषधपिहत दुई जना पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय, धनगढीका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय आरिक अन्सारीसहित दुई जना पक्राउ परेका छन्। लागुऔषध ब्यूरो शाखा कार्यालय, महेन्द्रनगरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

 

कमेन्ट लोड गर्नुस