डोटीमा घरपालुवा कुकुरमा रेबिज पुष्टी
डोटीः डोटीमा एक घरपालुवा कुकुरमा रेबिज पुष्टी भएको छ। दिपायल सिलगढी नगरपालिका ४ राजपुरका एक स्थानीयको घरपालुवा कुुकुरमा रेबिज पुष्टि भएको हो। गत बिहीवार घरपालुवा कुकरको मृत्यू भएपछि पशु रोग अन्वेषण प्रयोगशाला, धनगढिमा रेबिज एजी आरडीटी परिक्षण गर्दा रेबिज पोजिटिभ देखिएको थियो।
बिहीवार कुकुरको मस्तिष्कको नमुना संकलन गरी रेबिज जाँचका लागि पशु रोग अन्वेषण प्रयोगशाला, धनगढिमा पठाएको थियो। जाँचपछि रेबिज पोजिटिभ पुष्टी भएको कार्यालय प्रमुख डाक्टर नरेश प्रसाद जोशीले बताए। डाक्टर जोशीले दिपायल–राजपुर क्षेत्रका बासिन्दाले सचेत रहनुपर्ने बताएका छन्।
करिब सात दिन अगाडी घरमै बाधेर राखेको अवस्थामा बौलाहा छाडा कुकुरको टोकाई पश्चात खाना नखाने , झस्किने, टोक्न खोज्ने, निर्जीव बस्तु टोक्ने जस्ता लक्षण देखिए पछि नजिकै रहेको सेती प्राविधीक शिक्षालयको भेटेरिनरी क्लिनिक एण्ड टिचिंङ्ग सेन्टरमा लैजाँदा उक्त कुकुरमा पनि रेबिज पुष्टी भएको थियो। एक महिना अघि पनि सडक कुकुरमा समेत रेबिज रोग रहेको पुष्टी भएकाले स्थानीय बासिन्दा सचेत हुनु पर्ने चिकित्सकहरुले बताएका छन्।