सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल एअरलाइन्सका एक कर्मचारी अवैध सुनसहित पक्राउ

। फोटो स्रोत ।
२०७६ वैशाख २३, ०४:०८ खबर संवाददाता

त्रिभवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्सका मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादव अवैध ३० तोला सुनसहित पक्राउ परेका छन। महानगरी प्रहरी परिसर, काठमाण्डौले सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो।

उनलाई आइतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको सो अवैध सुनसहित पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए। अनुसन्धानका क्रममा उनले दोहाबाट नेपाल एअरलाइन्समा आउने यात्रुहरुलाई आर्थिक प्रलोभनमा पारेर अवैध सुन पठाउने गरेको पाइएको हो।

यात्रुहरुले ल्याएको अवैध सुन नेपाल एअरलाइन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस