सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सेवा दल जुनियर डिभिजनको प्रथम प्रवचन अछामको भैरव माविमा सुरु

२०८२ असार १०, १२:०९

अछाम : श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय जुनियर डिभिजन सिड्डसंड्ड ५१ एनसीसी तालिमको प्रथम प्रवचन तुर्माखाद गाउँपालिका–३ को भैरव माध्यमिक विद्यार्थीमा सुरु भएको छ।

गोरख बक्स गण अछामका गणपति प्रमुख सेनानी संगम अधिकारीको उपस्थितमा प्रथम प्रवचनको सुरुवात गरिएको हो। असार ६ गते गोरख बक्स गणका सेनानी अमृत खड्काको नेतृत्वको टोलिले उक्त विद्यालयका ७० जना विद्यार्थीहरुलाइ प्रशिक्षण दिएको थियो। प्रशिक्षण पस्चात कक्षा ८ देखि १० कक्षा सम्मका १५ छात्र र १५ छात्रा गरि जम्मा ३० जना छनौट गरिएको हो।

आर्थिक वर्ष २०८२/०८३ मा नेपालका ७७ वटै जिल्लाका २५७ वटा विधालयहरुमा सिनियर एक हजार ८९ र जुनियर ६ हजार ६३० गरि जम्मा सात हजार ७१० जना छात्र छात्राहरुलाइ सहभागी गराइ राष्ट्रिय सेवा दल तालिम संचालन गर्ने नेपाल सरकारको तयारी रहेको गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताए। युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित नागरिक बनाउन तालिमको ठूलो महत्व रहेको उनले बताए।

राष्ट्रिय सेवा दलको तालीममा उत्कृष्ट हुने क्याडेट छनौट गरि भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा हुने विभिन्न कार्यक्रममा सहभागी गराउदै आएकोमा यो वर्ष सहभागी गराउन राष्ट्र र क्याडेट हरूको सङ्ख्या वृद्धि गराउने योजना समेत रहेको अधिकारीले बताए।

त्यस्तै १०० दिनसम्म संचालन हुने तालिममा क्याडेट हरुलाइ सैनिक कला अभ्यास, शारीरिक तालीम अभ्यास, विपद व्यवस्थापन तथा उद्वार प्याकेज ,ट्राफिक सचेतता, लगायत विभिन्न कृयाकलापहरु संचालन गरिने छ। कार्यक्रममा बोल्दै तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसिले विश्व परिवेशमा नैतिकवान, ऊर्जाशील, सृजनशील र देशभक्त युवाहरू देशको आवश्यकता रहेको बताए।

युवा जनशक्तिको महत्व र आवश्यकतालाइ मनन गरि युवावर्गलाइ संगठित गर्दै राष्ट्र विकासको अभियानमा युवा वर्गको स्वस्फूर्त सहभागी जनाउने अभियान अनुरूप विड्ड सड्ड २०२२ साल कार्तिक ७ गते नेपालमा राष्ट्रिय सेवा दलको स्थापना भएको हो।

 

कमेन्ट लोड गर्नुस