बालिका करणी गर्नेलाई जन्मकैद
तनहुँः तनहुँ जिल्ला अदालतले बालिका करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका– १० का १९ वर्षीय सुदीप थापामगरलाई जन्मकैदको फैसला सुनाएको हो। साथै, निजलाई ६ लाख रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला पनि भएको अदालतले जनाएको छ।
ती युवाविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो। प्रहरीले २०७९ असोज २८ गते उनीविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो। –रासस