हिमालयन लाइफ इन्स्योरेन्सद्वारा टिसर्ट वितरण
धनगढी: हिमालयन लाइफ इन्स्योरेन्सद्वारा टिसर्ट वितरण गरिएको छ। इन्स्योरेन्स कम्पनीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ स्थित श्रीलंका बस्तीका अति विपन्न परिवारलाई न्यानो टिसर्ट वितरण गरेको हो।
बिहीवार आयोजित कार्यक्रमका इन्स्योरेन्स कम्पनीका प्रदेश उपप्रमुख प्रमानन्द पन्तले विपन्न बस्तीका १५० जनालाई टिसर्ट वितरण गरेका हुन्। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई न्यानो टिसर्ट वितरण गरिएको कम्पनीका प्रदेश उपप्रमुख पन्तले बताए।
टिसर्ट वितरण कार्यक्रममा कम्पनीका जिल्ला व्यवस्थापक पुष्पा चन्द, बेलौरी शाखा प्रमुख हिरासिंह खड्का, एजेन्सी व्यवस्थापक प्रकाशदत्त भट्ट, एरिया व्यवस्थापक चन्द्रा भट्ट र पुष्पा भट्टको उपस्थिति रहेको प्रदेश उपप्रमुख पन्तले बताए।