सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमाईमा मोटरसाइकल वर्कसपमा आगलागी

२०८० मंसिर १७, ०६:३२ खबर संवाददाता

सिरहाः सिरहाको धनगढीमाई नगरपालिमा रहेको एक मोटरसाइकल वर्कसपमा आगलागी भएको छ। नगरपालिकाको वडा नम्बर १० मा रहेको रिना मोटरसाइकल वर्कसपमा शनिवार बेलुका भएको आगलागीबाट करिब दश लाखकोे धनमालमा क्षति पुगेको छ।

आगलागीमा परी एक जना घाइते भएका छन। आगो निभाउने क्रममा वर्कसपका सञ्चालक शम्भु यादव घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते यादवको उपचार स्थानीय एक क्लिनिकमा भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।

स्थानीय एवःप्रहरीको सहयोगमा एक घण्टापछि आगोलाई नियन्त्रणमा लिइएको थियो। आगलागीको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस