सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्बको बजेट ल्याउदै

२०७६ वैशाख २०, ०६:२३ कमल सावद

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि ३० अर्बसम्मको बजेट ल्याउने तयारी गरेको छ। प्रेस क्लवले आज धनगढीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले ३० अर्बको बजेट ल्याउने तयारी भएको बताए।। आगामि आर्थिक बर्षको  बजेटका लागि मापदण्ड तयार भईसकेको दावी गर्दै मन्त्री बोहराले ३० अर्व बढिको बजेट ल्याउने तयारी भईरहेको बताए। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटका लागि छलफल सुरु गरेको समेत उनले दावि गरे। पहुचको आधारमा योजना छनौट हुन नदिन योजना बैंक निर्माण गरिने मन्त्री बोहराको दावी छ। 
मानव सुचकांकको आधारमा पछाडी रहेका सुदूरपश्चिममा बझाङ, बाजुरा, दार्चुला र अछामलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनले बताए। कैलाली र कञ्चनपुरमा विशेष औधोगिक क्षेत्र निर्माणका लागि समेत बजेट विनियोजन हुने मन्त्री बोहराले जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष २५ अर्ब ६ करोड ५६ लाखको बजेट ल्याएकोमा अहिले सम्म विकास बजेट १५ प्रतिशत मात्रै खर्च भएको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस