कञ्चनपुरमा ठेकेदारको समूहबाट इन्जिनियरमाथि कुटपिट

२०८० मंसिर १३, १२:५६
धनगढीः कञ्चनपुरमा एक इन्जिनियरमाथि कुटपिट भएको छ।
जिल्लाको लालझाडीका इन्जिनियर रामप्रसाद अवस्थीमाथि कुटपिट भएको हो। सोमवार निर्माण व्यवसायीसमेत रहेका भीम रानाको समूहले उनीमाथि कुटपिट गरेको हो।

कञ्चनपुर प्रहरीका अनुसार ठेकेदार रानासहितका चार जनाको विरुद्धमा उजुरी परेको छ। इलाका प्रहरी कार्यालय, बेलौरीले उनीहरुलाई पक्राउ गर्ने तयारी गर्दै छ। कन्दकला कन्स्ट्रक्सनले गत आर्थिक वर्षमा लिएको सडक निर्माणको ठेक्का साइट निरीक्षणका क्रममा इन्जिनियर अवस्थीमाथि कुटपिट गरिएको थियो।

कमेन्ट लोड गर्नुस