सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय खेलाडीको दबदबा

२०८० मंसिर १३, ०५:४० खबर संवाददाता

पोखरा रंगशाला टेनिस कोर्टमा जारी आईटीएफ जे–३० टेनिस प्रतियोगितामा भारतीय खेलाडीको दबदबा देखिएको छ। मंगलबार पुरुष एकलतर्फ भारतका रणवीर सिंहले जापानका को फुजिकावामाथि संघर्षपूर्ण जित निकाले । उनले ७–६, ६–३ को सेटमा खेल जिते।

नेपालका सक्षमविक्रम शाहले भारतका अमित मुण्डलाई ६–३, ६–४ ले र भारतका कविर चोथानीले नेपालका सृजन भट्टराई र जापानका युया सासातोले भारतका ड्रिक शाहलाई पराजित गरे।
महिला एकलतर्फ भारतका साहना कमला कन्ननले भारतकै देवांशी गोहिल, इशी महेश्वरीले श्रीया शर्मा, मन्दगल्ला प्रिन्सीले थाइल्यान्डकी फिचयापक श्रीमुक, एन्जल पटेलले सगुनकुमारी सगुन, अमेरिकाकी प्रियंका रानाले भारतकी सिम्रन बुण्डेला, हङकङकी जेन लिङ चुन वाङले भारतकी राधा सध्रा र आर्जन खोराकीवालाले अनिशा शिवकुमारीलाई पराजित गरेका थिए।

ब्वाइज डबल्सतर्फ नेपालका आर्यन गिरी र निहालजंग थापाको जोडी भारतका अखिल अयाज र दिगांत एम जोडीसँग ७–६, ६–२ ले पराजित भयो। भारतकै सौर्य भारद्वाज र रणवीर सिंहको जोडीले जापानका रिकु मिगासी र इपी मात्चुसिमाको जोर्डी, नेपालका प्रणव मानन्धर र आरभसम्राट हाडाको जोडीले भारतका मिका सेट र आरभ बर्माको जोडी, भारतका आदित्य मोर र प्रनिल शर्माको जोडीले नेपालका सक्षमविक्रम शाह र भारतका रुद्र बाथमको जोडी तथा दक्ष कुक्रेती र आर्नव यादवको जोडीले नेपालका आयुशमान घले र भारतका एस पन्चासरीको जोडीलाई पराजित गरे।

कमेन्ट लोड गर्नुस