सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पशुचौपायाका लागि स्थानीयबाट निःशुल्क पराल सहयोग

२०८० मंसिर ११, १२:०६ खबर संवाददाता

धनगढीः धनगढीमा गौशालामा रहेका गाईवस्तुका लागि पराल सहयोग हुन थालेको छ।

धनगढी–१८ मा रहेको गौशालाका पशुचौपायाका लागि स्थानीयले निःशुल्क पराल सहयोग गर्न थालेका हुन्। गौशाला समितिको अगुवाइमा पराल संकलन भइरहेको नगर प्रमुख गोपाल हमालले बताए। हिजो आइतवार फूलवारीका विभिन्न पाँच जनाले गौशालालाई निःशुल्क पराल दिएका छन्।

वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरीले १० कट्ठा खेतको पराल निःशुल्क प्रदान गरेका छन् भने वडा नम्बर १४ को रमेश फर्निचर उद्योगका सञ्चालक टेकबहादुर विष्टले एक विघा खेतको पराल निःशुल्क दान गरेका छन्। यसैगरी, वडा नम्बर १८ नक्कलीपुरका भोजबहादुर चौधरीले धनगढी दश कठ्ठा खेतको पराल, राम लौटन चौधरीले ४ कट्ठा खेतको पराल र वडा नम्बर १८  नक्कलीपुरकै विष्णु चौधरीले ३ कट्ठा खेतको पराल निःशुल्क दान गरेको नगर प्रमुख हमालले जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस