सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बेहडाबाबा माध्यमिक विद्यालयमा योग शिविर 

२०८० मंसिर १०, ०६:५१ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित घसिटामा रहेको बेहडाबाबा माध्यमिक विद्यालयमा सात दिने योग शिविर सुरू भएको छ। पतञ्जलि योग समिति, धनगढीको सहयोग र बेहडाबाबा स्कुलको आयोजनामा योग शिविर सञ्चालन भएको हो। सात दिनसम्म चल्ने योग शिविर आइतवार सुरू भएको हो।

योग शिविरमा विद्यालयका शिक्षक र विद्यार्थीको सहभागिता रहेको छ। कक्षा १ देखि १२ सम्म पढाइ हुने बेहडाबाबा स्कुलमा विद्यार्थीसँगै शिक्षकहरू पनि योग गर्न थालेका छन्। योग गराउने अवसर मिलेको भन्दै विद्यार्थी निकै खुसी भएको प्रधानाध्यापक भोजराज शर्माले बताए।

विद्यार्थीहरूको पढाइमा तथा शारीरिक र मानसिक विकासमा सहयोग पिगाउने योग आसनको सात दिनसम्म अभ्यास गराउने र त्यसपछि उनीहरूले नियमित आफैं अभ्यास गर्न सक्ने योग गुरु धर्मराज कोइरालाको भनाइ छ। पतञ्जलि योग समिति, धनगढीले विद्यालय र कलेजमा योग शिविर चलाउने अभियान थालेको छ।
 

कमेन्ट लोड गर्नुस