सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा सिकलसेलको जाँच गर्न पैसा नलाग्ने

२०८० मंसिर ५, ०२:११ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको जाँच निःशुल्क गरेको छ। सिकलसेल एनिमिया निदानको लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) सेवा अस्पतालले निःशुल्क गरेको हो। आजदेखि सर्वसाधारणले यो सेवा उपभोग गर्न पाउने अस्पतालले सूचना जारी गरेर जनाएको छ। 

थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमियाका बिरामीले परीक्षण र उपचार सेती प्रादेशिक अस्पतालमा गराउँदै आएका छन्। अस्पतालले सिकलसेल जाँच गरेबापत यस अघिसम्म केही शुल्क लिँदै आएको थियो। 

अब जाँच सेवा निःशुल्क भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल)ले बताए। यो सेवा सामाजिक सेवा एकाइ (कोठा नम्बर २४) बाट उपलब्ध हुने अस्पतालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस