गेटामा अटोको ठक्करबाट एकजना घाइते
धनगढीः धनगढी–अत्तरिया छ लेन सडकको गेटामा अटोको ठक्करबाट एकजना घाइते भएका छन्। अत्तरियादेखि धनगढी आउदै गरेको से १ ह १९०५ नम्बरको अटोको ठक्करबाट साइकलयात्री २५ वर्षीय रामसिंह राना शुक्रवार घाइते भएका हुन्।
घाइते रानाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको र अटो चालक कैलाली–५ का ५५ वर्षीय दिपेन्द्र चौधरी घाइतेसँगै अस्पतालमा रहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अटो गेटा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।