सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बर्दगोरियामासमेत प्लास्टिक मालामा प्रतिबन्ध

२०८० कार्तिक १९, ०७:२६ खबर संवाददाता

धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिकाले प्लास्टिक माला बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ। नेपालीहरूको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरूमा प्लास्टिकजन्य फूलमाला तथा पटाकाजन्य विस्फोटक पदार्थहरूको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारण नगर्न नगराउन गाउँपालिकाले भनेको हो। 

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले यो भन्दा अगाडी नै प्रतिबन्ध लगाएका थिए।

गाउँपालिकाले एक वक्तव्य जारी गर्दै यस्तो भनेको छ : 

उपर्युक्त विषयको सम्बन्धमा नेपाल सरकारले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ (१) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन आयात विक्री वितरण वा भण्डारण गर्न पूर्णरूपले रोक लगाउने निर्णय गरेको विषय जानकारी गराउँदै यस वर्ष नजिकिदै आईरहेको नेपालीहरूको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरूमा प्लास्टिकजन्य फूलमाला तथा पटाकाजन्य विस्फोटक पदार्थहरूको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारण नगर्न नगराउन हुन सबैमा अनुरोध छ।

साथै प्लास्टिकजन्य मालाले वातावरणीय प्रदूषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकोले यस बर्दगोरिया गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरूमा सयपत्री, गोदावरी, मखमली लगायतका फूलहरू उत्पादन भईरहेको परिप्रेक्ष्यमा प्राकृतिक रूपमा उत्पादन भएका उक्त फूलहरू एवम् सो बाट बनेका मालाहरू मात्र प्रयोग गर्न हुन सम्बन्धित सबैमा अनुरोध गर्दै अनुगमनका क्रममा नेपाल सरकारको निर्णय विपरीत निषेधित कुनै कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही प्रकृया अगाडी बढाईने ब्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।

 

कमेन्ट लोड गर्नुस