विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै
काठमाडौँ: जाजरकोटमा विनाशकारी भूकम्प गएसँगै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेह्रौँ बैठक आज बस्दै छ।
बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आइतबार बिहान ९ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ। जाजरकोट भूकम्प र त्यसको प्रभाव, अवस्था र आगामी कार्यको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३ बमोजिमको परिषद्को बैठक बोलाइएको बताइएको छ।
बैठकका कार्यसूचीमा भूकम्प प्रभावितको पहिचान र पुनर्स्थापना, खोज उद्धार एवं राहतका सम्बन्धमा स्रोत व्यवस्थापनलगायत रहेका छन्।