यूएईलाई हराउँदै नेपाली क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँः नेपाल टी–२० विश्वकपमा छनोट भएको छ। शुक्रवार मुलपानी क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो।
जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ। नेपालले अब आइतवार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ। नेपाल विश्वकपमा छनोट भएसँगै मुलपानी क्रिकेट मैदानमा उपस्थित दर्शकहरुले नेपाली खेलाडीको प्रसंशा गर्दै चर्को हुटिङ गरेका थिए।