सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभाको बैठक कार्तिक १४ मा बस्ने

२०८० कार्तिक १०, ०५:०४ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय सभाको बैठक आगामी कार्तिक १४ गते बस्ने भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभाको अर्को बैठक उक्त दिन बस्ने गरी निर्धारण गरेको राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा शुक्रवार जारी सूचनामा उल्लेख गरिएको छ। यसअघि गत असोज २९ गते सूचना प्रकाशित गरी राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस