सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेलले भाउजु विष्णुमायाको हातबाट टीका लगाउने

२०८० कार्तिक ७, १०:०५ खबर संवाददाता

काठमाण्डौः  राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको दशैँको टीका लगाउँने भएका छन्। पौडेलले बिहान ११ बजेर २ मिनेटको साइतमा भाउजु विष्णुमायाको हातबाट टीका–जमरा र आशीर्वाद लिनुहुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

त्यसपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम छ। विजया दशमीको दिन राष्ट्रपतिले सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम पनि छ। शीतल निवासमा दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म अन्य सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ। 
 

कमेन्ट लोड गर्नुस