सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

२०८० कार्तिक १, ०४:४६ खबर संवाददाता

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुुधवार उच्च अङ्कको वृद्धि देखिएको छ। नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दुमा कायम भएको हो। आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ मा खुम्चिएको छ।

आज दुई सय दस कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको छ। सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक दुई दशमलव ८७ र विकास बैङ्क समूहको उपसूचक दुई दशमलव ७४ प्रतिशतले बढेको छ।
 

कमेन्ट लोड गर्नुस