सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपास उद्योगमा आगलागी

। फोटो स्रोत ।
२०७६ वैशाख १६, ०३:५५ खबर संवाददाता

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २१ पुरैनामा रहेको शारदा कपास उद्योगमा सोमबार बिहान आगलागी भएको छ। आगलागीबाट उद्योगको गोदामघरमा भण्डारण गरिएको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको कपास जलेर नष्ट भएको उद्योग संचालकले बताएका छन्।  

आगलागीको खबर प्राप्त हुनासाथ नेपालगञ्ज उपमहानगरपालिकाबाट पुगेको दमलकको सहायतामा प्रहरी र स्थानीय बासिन्दाको टोलीले आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाङ्गीले जानकारी दिए।

बिहान १० बजेतिर उद्योगमा कोही नभएको अवस्थामा भित्रबाट धुवाँ निस्केपछि आगो लागेको थाहा भएको हो। शारदा कपास उद्योगमा अघिल्ला वर्षमा पनि आगलागी भएको थियो। प्रहरीले आगलागीको कारण बारे अनुसन्धान भइरहेको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस