सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भूकम्पका कारण २७ जना घाइते, ७६ निजी घर ध्वस्त

२०८० असोज १७, १०:४८ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेशमा बुधवार बिहानसम्म २७ जना घाइते भएका विवरण आएको हो।

 

सुदूरपश्चिममा भूकम्पका कारण ७६ घरमा पूर्ण क्षति भएको छ। प्रदेशका पहाडी जिल्लाका तीन सय एक घरमा आंशिक क्षति भएको छ।  ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति भएको छ भने, एक कार्यालयमा पूर्ण क्षति भएको छ।

 

बझाङमा सबै भन्दा बढी क्षति भएको छ। बझाङमा मात्र एक जनाको मृत्यु भएको छ भने, १८ जना घाइते भएका छन्। बझाङको जयपृथ्वी नगरपालिकाकी गुनमति धामीको पहिरोमा पुरिएर मृत्यु भएको हो। जिल्लाका ६४ घरमा पूर्ण क्षति पुगेको छ। २७७ घरमा आंशिक क्षति पुगेको छ।

 

प्रदेश सरकारले उपलब्ध गराएको तथ्याङ्क अनुसार बाजुरामा २ जना घाइते भएका छन। बाजुराका ९ घरमा पूर्ण क्षति भएको छ। जिल्लाका १३ वटा घरमा आंशिक क्षति भएको छ। एक÷ सरकारी कार्यालयमा आंशिक र पूर्ण क्षति भएको छ।

 

डोटीका ८ वटा सरकारी कार्यालयमा क्षति भएको छ। एक घरमा आंशिक क्षति भएको छ। अछाममा पाँच जना घाइते भएका छन्। जिल्लाको एक घरमा पूर्ण क्षति भएको छ। दुई घरमा आंशिक क्षति भएको छ भने पाँच वटा सरकारी कार्यालयहरूमा आंशिक क्षति भएको छ। बाजुरामा २ जना घाइते भएका छन्। जिल्लामा ९ घरमा पूर्ण क्षति भएको छ भने, १३ वटा घरमा आंशिक क्षति भएको छ। जिल्लाका एक सरकारी कार्यालयमा पूर्ण क्षति भएको छ भने, पाँच वटा कार्यालयमा आंशिक क्षति भएको छ। डडेल्धुराको चार घरमा आंशिक क्षति भएको छ।

 

प्रदेश सरकारका अनुसार बैतडीका दुई जना घाइते भएका छन्। जिल्लामा दुई घरमा पूर्ण क्षति भएको छ भने, तीन घरमा आंशिक क्षति भएको छ। बैतडीमा तीन वटा सरकारी कार्यालयहरूमा भूकम्पले क्षति गरेको छ। यता, दार्चुलामा एक घरमा आंशिक क्षति भएको छ भने, दुई सरकारी कार्यालयमा आंशिक क्षति भएको छ। बझाङको  चैनपुर क्षेत्रमा मङ्गलवार दिउँसो ६ दशमलव ३ म्याग्निटियुडको भूकम्प आएको थियो। भूकम्पपछि स्थानीयको खुल्ला आकाश मुनि बास भएको छ।

 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस