लोटस आई क्रिकेट कपको तयारी पुरा
धनगढीः कैलालीको अत्तरियामा आयोजना हुने लोटस क्रिकेट कप प्रतियोगीताको तयारी पुरा भएको आयोजक अत्तरिया क्रिकेट क्लबले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको छ। पत्रकार सम्मेलनमा प्रतियोगीताको ट्रफी र टाईसिट सार्वजनिक गरिएको थियो।
यही असोज १७ गतेदेखी सुरु हुन गैरहेको प्रतियोगीतामा कैलाली र कञ्चनपुरका ८ वटा विद्यालयहरुको सहभागीता रहेको प्रतियोगीताका संयोजक कमल कडायतले बताए। उनका अनुसार कैलालीका सत्यवती एकेडेमी, लोटस आई अंग्रेजी मावि, सैनिक आवाशिय महाविद्यालय, जे.के. मावि, सरस्वती मावि र दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय रहेका छन भने कञ्चनपुरबाट कंचनजंगा मावि र ज्योती अंग्रेजी बोर्डिङ स्कुल रहेका छन्।
टि–२० फ्रम्याटमा हुने प्रतियोगीतामा सहभागी विद्यालयहरुलाई २ पोलमा विभाजन गरिएको कडायतले बताए। पोल ‘ए’ मा सैनिक आवाशिय महाविद्यालय, लोटस आई अंग्रेजी मावि, कञ्चनजंगा मावि र सरस्वती मावि रहेका छन भने पोल ‘बि’ मा सत्यवती एकेडेमी, दुर्गालक्ष्मी नमुना मावि, जेके मावि र ज्योती अंग्रेजी बोर्डिङ स्कुल रहेका छन्। प्रतियोगीतामा प्रथम हुनेले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ।