सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि, ग्यास सिलिण्डरको मुल्य २१ सय पुग्यो

२०८० असोज १३, ०९:२४ खबर संवाददाता

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिवार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ। यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ। पेट्रोलको मूल्य पहिलो वर्ग  विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग सुर्खेत र दाङमा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ।
त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ। आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ। वृद्धि भएको मूल्य शनिवार राति १२ बजेपछि लागू हुनेछ।
 

कमेन्ट लोड गर्नुस