सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रथम शारिरीक सुगठनको उपाधि पन्त र चन्दलाई

२०८० असोज १३, ०८:१९ खबर संवाददाता

धनगढीः  प्रथम सुदूरपश्चिमश्री शारिरीक सुगठनको उपाधि लक्ष्मीदत्तपन्त र सुनिल चन्दले प्राप्त गरेका छन्। सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता अन्तरगत शारिरीक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ पन्तले उपाधि पाएका हुन्।

यस्तै शारिरीक सुगठन विधामा दितिय पुरस्कार आर्यान शाही, तृतिय अर्जुन साउद र शान्त्वना अनिल सेरलाले प्राप्त गरेका छन भने मेन्स फिजिकतर्फ दितिय पुरस्कारतर्फ अजय रिजाल, तृतिय अमृत रावत र शान्त्वना सन्देश शाहले प्राप्त गरेका छन्। प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार प्रदानगरिएको छ । यस्तै दुवै विधामा दोस्रो हुनेलाई नगद १५ हजार र तेस्रो हुनेलाई नगद १० हजार पुरस्कार दिइएको छ । साथमा जिन्सी पुरस्कारहरू पनि प्रदान गरिएको छ। प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले विजेता खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा सामाग्री हष्तान्तरण गरे।

सो अवसरमा मन्त्री साउदले खेलकुदको विकासकालागि प्रदेश सरकारले बजेटमा कमि हुन नदिने प्रतिवद्धता व्यक्त गरे। उनले भने –‘अहिले खेलकुदमा सिमित स्रोत साधन रहेको छ। प्रदेश सरकारले अहिले पनि खेलकुदमा बजेट विनियोजन गरेको छ। तर, त्यो अप्रर्याप्तहो। आगामी आर्थिक वर्षमा प्रदेश सरकारले प्राथमिकता क्षेत्र पहिचानगरि खेलकुदमा बजेट विनियोजन गर्ने छ।’ उनले खेलकुद प्रतियोगिताले युवाहरुलाई कुलतमा फस्नबाट रोक्ने भएकाले युवाहरुका लागि विभिन्न खेलकुदप्रतियोगिता गर्न जरुरी रहेको बताए। 

कमेन्ट लोड गर्नुस