कञ्चनपुरबाट काठ चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
२०८० असोज १०, ०६:४३
कञ्चनपुरः कञ्चनपुरबाट काठ चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको कृष्णपुर नगरपालिका–६ का ६३ वर्षीय गोरे रोकाया बुधबार पक्राउ परेका हुन्। २०५३ असाढ २६ काठ चोरी मुद्दामा एक वर्ष कैद र १५ हजार ३८० रुपैयाँ जरिवाना सजाय तोकिएका रोकाया त्यसयता फरार थिए।
आज उनलाई घरबाटै पक्राउ गरेर जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस