बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते
बैतडीः बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।
जिल्लाको सिगास गाउँपालिका–२ की ३२ वर्षीया भागादेवी धामीलाई हिजो बुधबार साँझ सर्पले टोकेको हो। धामीलाई घरै नजिकै घाँस काट्नेबेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। धामीको दाहिने खुट्टाको पैतालामा सर्पले टोकेको बताइएको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। यसअघि भदौ २९ गते मेलौली नगरपालिका–१ बगजेबलाका १७ वर्षीय सुजल दयाल पनि सर्पको टोकाइबाट घाइते भएका थिए।