सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा बाघको आक्रमणबाट एक महिला घाइते

२०८० भदौ २५, ०५:०४ खबर संवाददाता

धनगढीः  कैलालीमा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्।

जिल्लाको टीकापुर नगरपालिका–२ विजयनगर खडक टोलकी ३५ वर्षीया फूलकुमारी चौधरी घाइते भएकी हुन्। सोमवार बिहान जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा घाँस काट्न जाँदा उनी बाघको आक्रमणमा परेकी थिइन्। आक्रमणबाट उनको पेट र पिठ्यूमा चोट लागेको छ।

उनको अवस्था सामान्य भएपनि थप उपचारका लागि नेपालगञ्ज लगिएको टीकापुर प्रहरीले जानकारी दिएको छ। यसअघि पनि सो क्षेत्रमा बाघको आक्रमणबाट केही व्यक्ति घाइते भएका थिए। 
 

कमेन्ट लोड गर्नुस