माओवादीले भन्यो– १२ बुँदे व्याख्यात्मक घोषणा अस्वीकार भए एमसीसी खारेज हुन्छ
काठमाडौंः सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का महासचि देवप्रसाद गुरुङले संसद्बाट एमसीसी पारित गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिका नपठाइएको स्वीकार गरेका छन्।
उनले एमसीसी पारित हुँदा बनेको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिका पठाइएको छैन्। कहिले पठाइन्छ, थाहा छैन। त्यो काम सरकारको हो। महासचिव गुरुङले आजबाट एमसीसी आधिकारिकरूपमा कार्यान्वयनमा आएको र अब तत्कालै उक्त व्याख्यात्मक घोषणा अमेरिका पठाइनुपर्ने बताए। “अब तत्कालै अमेरिका पठाइनुपर्छ र त्यो अस्वीकार भए हामीले पनि एमसीसी परियोजना अस्वीकार गर्नुपर्छ, खारेज गर्नुपर्छ । हाम्रो अडान त्यही हो,” उनले भने।
२०७८ फागुन १५ गते संसद्बाट एमसीसी पारित हुँदा दलहरूबीच १२ बुँदामा सहमति भएको थियो। उक्त बुँदाहरू अमेरिकाद्वारा अस्वीकृत भएमा एमसीसी स्वतः खारेज हुने प्रावधान भएको उक्त व्याख्यात्मक घोषणा अमेरिका पठाउनुपर्ने महासचिव गुरुङले बताए।