कञ्चनपुरबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८० भदौ १२, ०९:३६
धनगढीः कञ्चनपुरबाट सवारी ज्याम मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–१० का दिलबहादुर चौधरीलाई उनकै घरबाट पक्राउ गरेको हो।
जिल्ला अदालत कञ्चनपुरबाट सवारी ज्यान मुद्दामा एक महिना १६ दिन कैद सजाय भई फरार रहेका चौधरीलाई मंगलवार नै अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस