सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अजयमेरुमले एक्सरे सेवा सुरु गर्दै, पालिकामै हाडजोर्निको उपचार

२०८० भदौ १, ०४:१९ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले एक्सरे सेवा सुरु गर्ने भएको छ। गाउँपालिकाको केन्द्र भद्रपुरमा रहेको भद्रपुर आधारभूत अस्पतालमा एक्सरे मेसिन जडान गर्न थालिएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्ट (विकास)ले बताए। उनले भने, ‘समान्य हार्डजोनीमा समस्या भएकाहरुले अब डडेल्धुरा, धनगढी जानु पर्दैन। हामी एक्सरे मेसिन खरिद गरेर सञ्चालनको अन्तिम तयारीमा छौ।, अबको १० दिन भित्र सेवा सुरु हुने भट्टले बताए। 

भद्रपुर आधारभूत अस्पतालमा लामो समयदेखि एमबिबिएस डाक्टर महमहद अहमद साकिर राइनले सेवा दिएरहेका छन्। डा. राइनले नै अब हाडजोर्नि लगायतका एक्सरे आवश्यक हुने बिरामीलाई सेवा दिने अजयमेरु गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेश पालले बताए। उनले भने, ‘एक्सरे सेवा सुरु गर्ने अन्तिम तयारीमा छौ। समान्य हात, खुट्टा लगायतका हडीमा चोडपटक लागेकामा वा प्लाष्टर गर्न जिल्ला जानु पर्दैन, यहाँ नै सेवा दिइने छ।’ अस्पतालका चिकित्सकलाई एक्सरे मेसिन सञ्चालनको तालिम दिइएको छ। अस्पताल १० श्ययाको स्वीकत छ।

अजयमेरु गाउँपालिकाले प्रत्येक ४५ मिनेटमा स्वास्थ्य संस्थामा पहुँच पुग्ने गरी स्वास्थ्य संस्थाहरु थप गरिसकेको अध्यक्ष भट्टले बताए। सामान्य चोटपटक लागेका डडेल्धुरा तथा धनगढी जानु पर्ने बाध्यता अब हट्ने भएको छ। अजयमेरु गाउँपालिकाले छ वटा स्वास्थ्य संस्थाबाट भिडियो एक्सरे र इसिजी सेवा प्रवाह गरिरहेको संयोजक पालले बताए।

अध्यक्षको चाहना स्वस्थ र निरोगी जनता कार्यक्रम अन्तर्गत प्रत्येक महिना प्रत्येक टोलमा जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी सेवा सुरु गरिसकेको संयोजक पालले बताए।

कमेन्ट लोड गर्नुस