सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमालय एयरलाइन्सद्धारा प्रयास नेपाललाई थप सहयोग गर्ने घोषणा

२०७६ वैशाख ८, १२:५६ खबर संवाददाता

हिमालय एअरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलमार्फत अनाथ तथा विपन्न बालबालिकाको उत्थानका लागि प्रयास नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने घोषणा गरेको छ। 

हिमालय एअरलाइन्स्ले २० अप्रिल २०१९ मा प्रयास नेपालसँगको संस्थागत सामाजिक उत्तरदायित्वको सम्बन्धलाई थप प्रगाढ बनाउने निर्णय गरेको हो। यो निर्णयअनुसार नयाँ शैक्षिक सत्र २०७६ मा पनि प्रयास नेपालमा रहेका बालबालिकाका निम्ति शैक्षिक तथा खाजाका सामाग्रीहरु उपलब्ध गरेको जनाएको छ।

प्रयास नेपालले अहिले ३२ जना अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ। बालुवाटार स्थित आफ्नै प्रांगणमा विद्यार्थीले गरेको मनोरञ्जनात्मक प्रदर्शनलाई हिमालय एअरलायन्सका उप महाप्रन्बन्धक सुन चेङ्ग, ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीलगायतले स्वागत गरेका थिए।

संस्थागत सामाजिक उत्तरदायित्वमार्फत हिमालय एअरलाइन्सले नयाँ पिँढीको उज्ज्वल भविष्यका निम्ति निरन्तर रुपमा राम्रा र प्रभावकारी योगदानहरु गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ। प्रत्येक वर्ष आफ्नो सहयोगको प्रतिबद्धतालाई अझ मजबूत बनाउँदै आएको हिमालय एअरलाइन्सको प्रयास नेपाललाई यो तेस्रो वर्षको सहयोग हो।

शिक्षा, सचेतना तथा सीप विकास क्रियाकलापमार्फत वञ्चित बालबालिकालाई सशक्तीकरण बनाउने सोचसहित सन् २००३ मा प्रयास नेपालको स्थापना भएको थियो। प्रयास नेपालले देशका विभिन्न भागमा रहेका अनाथ, बेवारिस छाडिएका तथा शारीरिक रुपमा अशक्त बालबालिकालाई आश्रय प्रदान गर्दै आइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस