सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिया रग्बी प्रतियोगिता नेपालमा हुने

२०८० साउन १७, ०५:१५ खबर संवाददाता

काठमाडौंः  ‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ।

नेपाल रग्बी संघद्वारा आगामी २–३ भदौमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगिताबारे जानकारी दिन आज(बुधवार) आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव गोविन्द घिमिरेले पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, चाइनिज ताइपे, हङकङ र उज्वेकिस्तानको सहभागिता रहने बताए।

त्यस्तै, महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसिया रहेका छन्। प्रतियोगिता विजेता टोलीले एसिया रग्बीको ट्रफी प्राप्त गर्नेछ। प्रतियोगिताका लागि गत १५ असारदेखि महिला तथा पुरुष टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको छ। करिब ७२ लाख खर्च लाग्ने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हु्नेछ।
 

कमेन्ट लोड गर्नुस